सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

महाधिवेशन स्थलमा ठेकेदार नेताको नारा : ‘शेरबहादुर देउवा के भन्छ, जिपछिरिङ लामा ले भन्छ’ (भिडियो)

शुक्रबार, २४ मङ्सिर २०७८, १९ : २५
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन स्थलको उद्घाटन सत्र चल्दै गर्दा काँग्रेसका एक नेता आफ्नो उम्मेदवारी घोषणा गर्न हतारिए । निर्माण व्यवसायी तथा प्रतिनिधि सभाका सांसद समेत रहेका उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । उद्घाटन सत्रमा चलिरहेको नेताहरूको संशोधनको कुनै मतलब नगरी उनको पक्षमा एक हुल युवाहरू नारा लगाइरहेका थिए । नारा यस्तो थियो : 

नेपाली काँग्रेस के भन्छ : जिपछिरिङ लामा ले भन्छ 

शेरबहादुर देउवा के भन्छ : जिपछिरिङ लामा ले भन्छ

रामचन्द्र पौडेल के भन्छ : जिपछिरिङ लामा ले भन्छ

कृष्ण सिटौला के भन्छ : जिपछिरिङ लामा ले भन्छ

काँग्रेसका नेता तथा सांसद जिपछिरिङ लामाले बाहिरबाट युवाहरू ल्याएर कार्यक्रम स्थलमा आफ्नो प्रचार प्रसार थालेको दृश्य रोचक थियो । उनीहरूले काँग्रेसका गुटका सबै नेताहरूको नाम लिँदै उनीहरूले जिपछिरिङ लामा खोजेको नारा लगाइरहेका थिए । त्यो समूहले उनको पक्षमा त्यसरी प्रचार थाले पनि लामा स्वयम् भने सो नारामा सहभागी थिएनन् । 

जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका काँग्रेसका अर्का नेता ओम बहादुर घर्ती मगरले पनि उद्घाटन सुरु नहुँदै आफ्नो प्रचार थाले । उनले मगर समुदायको संस्कृति कौडा नाच प्रस्तुत गर्दै भोट मागिरहेका थिए । काँग्रेस महाधिवेशनका प्रतिनिधिहरूले धमाधम उम्मेदवारी घोषणा गर्दै आक्रामक प्रचार थालेका छन् । 

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप