सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

पौडेललाई देउवाको व्यङ्ग्य : चिसोका कारण रामचन्द्रजीले बोल्न पनि सक्नु भएन !

शुक्रबार, २४ मङ्सिर २०७८, १८ : ४२
शुक्रबार, २४ मङ्सिर २०७८

काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशन उद्घाटन कार्यक्रममा व्यङ्ग्य गरेका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुरुमै उनले रात परेको र चिसो पनि बढेका बताए । त्यसपछि उनले चिसोकै प्रसंग जोडेर पौडेललाई लामो बोलेको भन्दै व्यङ्ग्य गरे । ‘साँझ धेरै ढल्किसक्यो । चिसो पनि बढेको छ । रामचन्द्रजीले चिसोकै कारणले बोल्न पनि सक्नुभएन । विचरालाई के गर्ने !’ चिसोका कारण आफूले धेरै समय नलिने पनि बताए । 
देउवाले बोल्न थाल्दा कार्यकर्ताले जिन्दावादको नारा समेत लगाएका थिए । धेरै हुटिङ भएपछि देउवाले माफ गर्नुहोला भन्दै हुटिङ बन्द गर्न आग्रह गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप