एमालेसँग प्रतिस्पर्धा गर्न कठिन छ : रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न कठिन रहेको बताएका छन् । पार्टीको १४ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले आत्म मूल्याङ्कन गर्नुपर्ने बेला आएको भन्दै कम्युनिस्ट भन्दा काँग्रेस के कुराले पछि पर्यो भन्ने कुराको आत्मसमीक्षा गर्नुपर्ने बताए ।
‘अहिले भर्खर चितवनमा अधिवेशन सम्पन्न गरेको, प्रतिपक्ष दलको अवस्था अहिले पनि गाउँमा जे देखिरहेका छौ जुन किसिमले विरोधीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हामीलाई त्यो स्तरको, पार्टी काँग्रेसलाई सक्षम बनाउन जरुरी छ’, पौडेलको भनाइ छ । उनले सक्षम पार्टी बनाउन धेरै कुराहरू भएको भन्दै चुनाव मात्रै सवै थोक नभएको बताए ।
उनले काम गर्दा हेलचेक्रयाइँ गर्दा समयमा अधिवेशन हुन नसकेको भन्दै जसले गर्दा हडबडमा अधिवेशन गर्नुपरेको बताए । ‘हामी विधि पुर्‍याउनमात्रै सीमित भएका छौ । प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यो ज्यादै कठिन छ’, पौडेलको भनाइ छ । उनले पार्टी विकृतिको अखडा बनाउन लागिएको भन्दै त्यसलाई बदलेर स्वच्छ पार्टी बनाउनुपर्ने बताए । उनले नेपाली काँग्रेसको एजेण्डा नै लोकतन्त्रको रक्षा गर्नु रहेको बताए । पौडेलले केपी ओली नेतृत्वको सरकारले संविधान लत्त्याएर संसद् विघटन गरेको भन्दै त्यसका विरुद्ध लड्नुपरेको बताए । उनले आफ्नो पार्टीको नेतृत्वमा आज सरकार बन्नुमा प्रतिगमनका विरुद्ध गरिएको संघर्षको परिणाम भएको बताए । उनले यति संघर्ष गरेर सरकार बनाएपनि जनतामा कति भरोसा सिर्जना गर्न सकेको र राष्ट्रिय समस्या कसरी गर्ने ? देशमा कृषि क्रान्ति र ऊर्जा शक्तिको विकास कसरी गर्ने ? युवाहरूलाई विदेश जानबाट कसरी रोकेर यही रोजगार दिने भन्ने सोचेर विकासको मोडल अघि सार्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या