युवा पुस्तालाई राजनीतिक र आर्थिक प्रक्रियामा समेट्नुपर्छ : उपसभापति निधि
![युवा पुस्तालाई राजनीतिक र आर्थिक प्रक्रियामा समेट्नुपर्छ : उपसभापति निधि](https://rpcdn.ratopati.com/media/albums/bimalendra-nidhi_knLbxNxAil.jpg)
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले अब युवा पुस्तालाई देशको राजनीतिक र आर्थिक प्रक्रियामा समेट्नुपर्ने बताएका छन् । युवा पुस्तालाई झोला बोकाउनेमात्र होइन, नेतृत्वमा सहभागी गराउनु पर्ने उनले बताए ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको रक्षा नेपाली काँग्रेसले मात्र गर्न सक्ने बताए । उनले महाधिवेशनबाट सुदृढ भएर निस्किसकेपछि आगामी निर्वाचनमा नेपाली काँग्रेसको एकमना सरकार बनाउनु मुख्य जिम्मेवारी रहने पनि बताए ।
‘हामीले ल्याएको प्रणालीको सफल कार्यान्वयन गर्नु परेको छ,’ काँग्रेसले निर्वाचनपछि एकमना सरकार गठन गर्नुपर्ने आवश्यकतालाई औंल्याउँदै उनले भने, ‘संविधानको सफल कार्यान्वयन गर्नु परेको छ । त्यस कारण काँग्रेसले नै सरकार बनाउनु पर्छ ।’कम्युनिस्ट सरकारको साढे तीन वर्षमा राज्यका तीनै अंगलाई क्षत विक्षत बनाइएको भन्दै उनले त्यसलाई ट्रयाकमा ल्याउन पनि निर्वाचनपछि काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन