आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सञ्जय श्रेष्ठ पुनः राप्रपामा प्रवेश

शुक्रबार, २४ मङ्सिर २०७८, १७ : ५६
शुक्रबार, २४ मङ्सिर २०७८

दुई गायकहरू सञ्जय श्रेष्ठ र कवीन्द्र श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् । ०७० को निर्वाचनमा काठमाडौँ–६ मा तत्कालीन राप्रपा नेपालका उम्मेदवार रहेको उनी पछिल्लो समय निष्क्रिय रहेकामा फेरि पार्टी प्रवेश गरेर सक्रिय हुन लागेका हुन् । 

यसै गरी डाँडैमा मेला लागेछ लगायत गीतका लोकप्रिय गायक कवीन्द्र श्रेष्ठ पनि आजै राप्रपामा प्रवेश गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।  बुढानीलकण्ठकी समाजसेवी झुमा तिम्सिना पनि राप्रपाको कार्यालय आफै खोज्दै आएर राप्रपामा सक्रिय हुने घोषणा गरेको श्रेष्ठले बताए । विगतमा राप्रपामा रहेर विभिन्न कारणले निष्क्रिय रहेका देशभक्त राष्ट्रवादी नेता कार्यकर्तालाई पार्टीमा फर्किइ पुनः सक्रिय रहन अध्यक्ष लिङ्देनको अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप