बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

शुक्रबार, २४ मङ्सिर २०७८, १७ : ५६
शुक्रबार, २४ मङ्सिर २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उहाँहरूले सो प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गर्नेमा गैह्रआवासीय राजदूतहरु नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहेको   राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप