आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउनुपर्छ : महामन्त्री खड्का
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले निकट भविष्यमा हुने तीन तहको चुनावमा बहुमत ल्याउने गरी पार्टी अघि बढ्नुपर्ने बताएका छन् । त्यसका लागि पार्टीभित्र आन्तरिक एकता जरुरी रहेको खड्काले बताएका हुन् ।
शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश सङ्कटमा पर्दा निकास दिने पार्टी काँग्रेस भएको बताए । लोकतन्त्र, समृद्धि र समाजवादको सङ्कल्पलाई सुदृढ बनाउन काँग्रेसको काँधमा जिम्मेवारी रहेको उनले बताए । उनले पार्टीहरूमा रूपान्तरणको जरुरी रहेको भन्दै त्यसका लागि हरेक नेताबाट सुरुवात हुनुपर्ने बताए । ‘रूपान्तरणको अभियान हामी आफैबाट सुरु गर्नुपर्छ । यो अभियान हामीले जनतासम्म लैजान सक्नुपर्छ’, उनले भने, ‘जनताको उन्नति र प्रगतिका लागि हामी हातेमालो गरेर अघि बढ्नुपर्छ ।’
उनले महामन्त्रीको रूपमा ४ वर्षे कार्यकालमा आफूबाट कुनै गल्ती कमीकमजोरी भएको भए क्षमा दिन नेता कार्यकर्तामा आग्रह गर्दै विगतमा भएका गल्तीलाई सच्याउँदै अघि बढ्न तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी