राजेन्द्र लिङ्देनमाथि खनिए ओली–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ
एमाले अध्यक्ष केपी ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् । लिङ्देनले जनताले नेतालाई चोरको रूपमा चित्रित गर्न थालेको अभिव्यक्ति दिएपछि ओली खनिएका हुन् । ‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई’, ओलीले कटाक्ष गरे, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि राजेन्द्रको अभिव्यक्तिप्रति विमति जनाउँदै जनताले नेताहरूलाई जनताले सम्मान नै गर्ने बताएका थिए । ‘एकजना वक्ताले नेताहरूलाई गाउँघरमा चोर आए भन्छन् जनताले भन्नुभयो । तपाईँहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ? होइन यो गलत हो । यो केको निम्ति भनियो । जतिबेला राजनीतिक दललाई बदनाम गर्न खोजिन्छ । निरंकुश र तानाशाही जन्माउने षड्यन्त्र हो भने बुझ्नु पर्छ । कहीँ न कहीँ तानाशाही त्यसरी आउँछ । म यसतर्फ सतर्क गराउन चाहन्छु ।’ प्रचण्डले भने ।
लिङ्देनले के भनेका थिए ?
सो कार्यक्रममा लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका थिए । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइसकेको बताएका थिए ।
उनले भनेका थिए, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो । तर राजनीतिलाई ठीक ठाउँमा ल्याउने नेताहरूले विश्वास गुमाएको अवस्था छ ।’
जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको उनको टिप्पणी थियो । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनको दाबी थियो । ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’, उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश