सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

लिङ्देनलाई प्रचण्डको जवाफ :  नेताहरूलाई जनताले सम्मान नै गर्छन्

शुक्रबार, २४ मङ्सिर २०७८, १६ : ३०
शुक्रबार, २४ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरूलाई जनताले सम्मान नै गर्ने बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई जनताले चोरको उपमा दिन थालेको टिप्पणी गरेपछि जवाफमा प्रचण्डले जनताले नेताहरूलाई सम्मान नै गर्ने बताए । ‘एकजना वक्ताले नेताहरूलाई गाउँघरमा चोर आए भन्छन् जनताले भन्नुभयो । तपाईँहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ? होइन यो गलत हो । यो केको निम्ति भनियो । जतिबेला राजनीतिक दललाई बदनाम गर्न खोजिन्छ । निरंकुश र तानाशाही जन्माउने षड्यन्त्र हो भने बुझ्नु पर्छ । कहीँ न कहीँ तानाशाही त्यसरी आउँछ । म यसतर्फ सतर्क गराउन चाहन्छु  ।’​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप