संविधान संशोधनका लागि उपेन्द्र यादवको जोड
शुक्रबार, २४ मङ्सिर २०७८, १६ : १२

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि जोड दिएका छन् । उनले समावेशी समानुपातिक प्रतिनिधित्वले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा पनि व्यक्त गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले जनतामा व्याप्त असमानता, बेरोजगारी, अशिक्षालाई समाप्त गर्दै सबै खाले शोषण, उत्पीडन अन्त्य गर्नुपर्ने खाँचो औँल्याए ।
उनले संविधान संशोधन, नागरिकता समस्या समाधान, विगतमा गरेका प्रतिबद्धता पूरा गर्न अब ढिला गर्न नहुने पनि प्रस्ट पारे । विगतका कमी कमजोरी हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योलयतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
उनले काँग्रेसको १४ औँ महाधिवेशन सफल सार्थक र उपलब्धिपूर्ण होस्, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन यथेष्ट ऊर्जा दिन सफल होस् भन्ने कामना पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?