प्रतिगमनका अवरोधहरू कायम छन् : पौडेल
शुक्रबार, २४ मङ्सिर २०७८, १५ : ३७
जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताका मुद्दाहरूमा दलहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा बढाएकी छिन् । काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले अहिले पनि विभिन्न प्रकारले प्रतिगमनका अवरोधहरू कायम रहिरहेको भन्दै गठबन्धनका दलहरू एकजुट हुनुपर्नेमा जोड दिइन् ।
पौडेलले भनिन्, अहिले पनि विभिन्न कोणबाट प्रतिगमनका अवरोधहरू आइरहेको अवस्थामा त्यसलाई पनि चिर्नका निम्ति सही प्रकारको निकास यो महाधिवेशनले दिनेछ भन्ने पूर्ण विश्वास छ ।’ उनले राष्ट्रियताको इस्युलाई काँग्रेसले आगामी दिनमा थप सशक्त ढंगले उठाउने आशा व्यक्त गरिन् । साथै काँग्रेससँगको सहकार्यले नै लोकतान्त्रिक गणतन्त्र, समावेशितालगायतमा उपलब्धि हासिल भएको समेत बताइन् ।