दुई देशको बीचमा रहेको सम्बन्धलाई मिलेर समाधान गर्न भारतीय नेताको आग्रह
भारतीय काँग्रेसका वरिष्ठ नेता मुकुल वासनिकले नेपाल–भारतको सम्बन्ध विश्वका अन्य देशभन्दा फरक रहेको बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले नेपाली काँग्रेसको महाधिवेशनमा मन्तव्य दिँदा गौरव महसुस भएको धारणा राखे ।
दुई पार्टीको बीचमा राम्रो सम्बन्ध रहेको र दुई पार्टीका बीचमा एक अर्काको कुरा अदानप्रदान भइरहेको बताउँदै उनले नेपाल–भारतको बीचमा पनि छुट्टै सम्बन्ध रहेको बताए । खुल्ला सीमाका कारण दुई देशको बीचमा आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उनकाे भनाइ थियो । 'दुई देशको बीचमा केही समस्या हुनसक्छ, तर त्यसलाई दुवै देशले मिलेर समाधान गर्न सकिन्छ,' उनले भने, 'यसका लागि भारतीय काँग्रेसले के भूमिका खेल्नुपर्छ त्यो भूमिका खेल्न तयार छौँ ।' नेता वासनिकले भारतीय काँग्रेसका अध्यक्ष सोनिया गान्धीले पठाएको शुभकामना सन्देशको बारेमा पनि जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश