शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

शुक्रबार, २४ मङ्सिर २०७८, १५ : १६
शुक्रबार, २४ मङ्सिर २०७८

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेको छ । मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएकाले प्रधानन्यायाधीश जबराले शीघ्र राजीनामा दिनुपर्ने, नभए महाभियोग लगाउन पनि समाजले सम्वद्ध सबै दलहरूलाई आग्रह गरेको छ ।

धर्नालाई सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कू कर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशील विषयमा दलहरु मौन रहनु उनीहरुको कमजोरी भएको जिकिर गरे । कार्यक्रममा समाजका पूर्व सभापतिद्वय अधिवक्ता होमकान्त चौलागाई र उत्तम पुडासैनीले न्यायालयमा भएको राजनीतिक नियुक्ति, न्यायिक विचलन आदिका कारण न्याय क्षेत्र प्रदूषित भएको विचार राखे । तिनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको बहिर्गमन आवश्यक भएको धारणा राखे ।

यसैगरी मानवअधिकार दिवसकै दिन शुक्रबार प्रधानन्यायाधीश जबराको शीघ्र राजीनामा/बहिर्गमनको माग गर्दै शान्ति समाजका चितवन, दाङ, संखुवासभा, महोत्तरी, रुपन्देही, नवलपुर, तेह्रथुमलगायत शाखाहरूले प्रदर्शन गरेको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् । पौडेलका अनुसार शान्ति समाज जिल्ला शाखाको आयोजनामा थप ५ जिल्लामा मंसिर २४ गते प्रदर्शन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप