आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ४७
शुक्रबार, २४ मङ्सिर २०७८

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरू भएको छ । विदेशमा रहेका नेपालीहरूले रिया मनी ट्रान्सफर सेवा प्रयोग गरी अमेरिका, यूरोपलगायत १६० देशहरूबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपमा रकम पठाउन सकिने जानकारी दिइएको छ । 

सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सावन डी फिल्डरले हस्ताक्षर गरेका हुन् ।  सिटी एक्सप्रेसले १५ वर्षदेखि संसारभरबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषणअन्तर्गत देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै कम्पनीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप