शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको महाधिवेशनमा को–को आए नेताहरु ? (तस्बिरहरु)

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ३६
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन समारोहमा विभिन्न दलका नेताहरुको सहभागिता रहेको छ।  हालै महाधिवेशनबाट निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि उद्घाटन समारोहमा सहभागिता रहेको छ । उनी कमल थापालाई हराउँदै निर्वाचित भएका थिए । 

यस्तै, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता रहेको छ । यस्तै मालेका महासचिव सीपी मैनालीको पनि सहभागिता रहेको छ । 

यस्तै, भारतीय जनता पार्टीका नेतासहितका विदेशी पाहुनाहरुको पनि सहभागिता रहेको छ।  यसैबीच एमाले अध्यक्ष केपी ओली कार्यक्रम स्थलमा पुगेका छैनन् । उनी सहभागि हुने बताइएपनि पुग्न ढिलाइ भएको हो । यसअघि एमालेको १० औं महाधिवेशनमा सम्बोधनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप