मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता डा.कार्कीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ३५
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा.राजाराम कार्कीले काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै आफ्नो महामन्त्रीमा उम्मेदवारी राष्ट्रियताको लागि भएको जिकिर गरे । उनले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले लामो लडाई लडेको भए पनि काँग्रेसमा लोकतन्त्रभन्दा पनि लुटतन्त्र हाबी हुँदै गएको आवास हुन थालेको गुनासो पोखे । 

२०२९ सालमा भैरवी हाई स्कुलको सभापति, २०३० सालमा नेविसंघ धादिङको जिल्ला सभापति, २०३१ मा सिक्किम काण्डमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कार्कीले ०३६ साल, ४२ साल, ०४६ सालको आन्दोलनमा हुँदै गएर ५६ सालको जनआन्दोलनको आफूले सकेको सम्पूर्ण महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

४८ वर्ष पार्टीमा लामो सङ्घर्ष गरेका कार्कीले आफू जन्मेको स्थानमा आजसम्म चुनावमा लड्न पार्टीले टिकट नदिएको भन्दै दुखेसो पोखे । नेता कार्कीले पार्टीले चुनावको टिकट, ठगहरू, तस्करहरूले दिएको समेत आरोप लगाउँदै भने,‘वास्तविक काँग्रेसीहरू, पार्टीमा लामो समय सङ्घर्ष गरेका असली कार्यकर्ता र नेताहरूलाई नै पाखा लगाउने काम काँग्रेसले गर्दै आएको छ ।’ कार्कीले सत्यवादी काँग्रेसीहरूलाई न्याय दिलाउनको लागि महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप