बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गल्फ खेल्न अन्तरिक्ष जाने यी अर्बपति को हुन् ?

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : १३
शुक्रबार, २४ मङ्सिर २०७८

मानिसका सोख पनि अनेकौं हुन्छन् । कतिपयले पृथ्वीमा आफ्ना सोख पूरा नहुने देखेपछि अन्तरिक्ष यात्रालाइसमेत छनौट गर्ने थालेका छन् । यस्तै सौखिन व्यक्ति हुन् जापानका धनाढ्य युसाकु मेजावा । मेजावा आफ्नो अनौठो सोख  पूरा गर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जाँदैछन् । काजकस्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षतर्फ प्रस्थान गरिसकेको छ ।

गल्फबाहेक उनले अन्तरिक्षमा कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य पनि गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको छ । त्यस्तै, उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबारे पनि थप अध्ययन गर्नेछन् ।

अर्बपति मेजावाले त्यहाँ गल्फ खेल्ने बारेमा गहन अध्ययन गर्नेछन् । पहिलो अन्तरिक्ष पर्यटकसमेत रहेका उनी १२ दिनसम्म अन्तरिक्षमा बिताउनेछन् । मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिरानो पनि अन्तरिक्षतर्फ प्रस्थान गरेका छन् । हिरानोले यात्राको सुन्दर भिडिओ खिच्नेछन् ।

गल्फबाहेक उनले अन्तरिक्षमा कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य पनि गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको छ । त्यस्तै, उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबारे पनि थप अध्ययन गर्नेछन् ।

मेजावाले नेतृत्व गरेको टोलीको अन्तरिक्ष यात्राका लागि करिव नौ करोड अमेरिकी डलर खर्च लाग्नेछ । कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहेका मेजावाले यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गरेका थिए । तर, तयारी पूरा नभएको भन्दै कार्यक्रम रद्द गरेका थिए ।

यात्राअघि मेजावाले केही मिनेट निरन्तर घुम्ने मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए । ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युव र ट्विटरमा अपलोड गरेका छन् । मेजावा जापानका ३० औँ धनाढ्य हुन् । उनीसँग करिब दुई खर्ब अमेरिकी डलर बराबर सम्पत्ति छ । यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिसका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा गएका थिए ।

यात्राअघि मेजावाले केही मिनेट निरन्तर घुम्ने मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए । ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युव र ट्विटरमा अपलोड गरेका छन् ।

मेजावा सन् २०२३ मा चन्द्रमाको भ्रमण गर्ने योजनामा छन् । अन्तरिक्ष यात्रामा मेजावाको मोहलाई लिएर पछिल्लो वर्षमा एउटा वृत्तचित्र तयार गरिएको थियो । 

उनले आफू विश्वका धनाढ्य एलन मस्कको स्वामित्वमा रहेको स्पेस एक्सको पहिलो यात्रुको रुपमा चन्द्रमामा उड्ने बताएपछि सन् २०१९ मा उनी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाएका थिए । डियरमुन नाम दिइएको यो उडान सन् २०२३ मा आयोजना हुनेछ ।

मार्चमा उनले यात्रामा आठ सर्वसाधारणलाई पनि लैजाने र सबै खर्च बेहोर्ने घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप