शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन :  शीर्ष नेताहरु भृकुटीमण्डपमा

शुक्रबार, २४ मङ्सिर २०७८, १३ : ५९
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन सत्र शुक्रबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएपनि २ बज्नै लाग्दा समेत औपचारिक रुपमा सुरु हुन सकेको छैन । ​उद्घाटन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरु पुगेका छन् । देउवा सुरुमा पुगेका थिए भने पौडेल लगायतका नेताहरु केही ढिलागरी पुगेका हुन् । 

यसअघि पौडेल उद्घाटन सत्रमै नजाने बताएपनि नेताहरुले सहभागी हुन आग्रह गरेपनि सहभागी हुन राजी भएका थिए । आफ्नो समूहमा सभापतिको उम्मेदवार तय हुन नसकेपछि दुई दिनअघि पौडेल निराश बन्दै पार्टीबाटै सन्यास लिने बताएका थिए भने त्यसपछि उनी बैठकहरूमा सहभागी भएका थिएनन् । 

आज भने उनलाई उपसभापति विमलेन्द्र निधिले फोन गरेर महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए । आजै पौडेल समूहको बैठकले उनलाई नै उम्मेदवार बनाउनेबारे छलफल गरेको छ भने प्रकाशमान सिंह समूहबाट ट्र्याकबाहिर पुगेको पनि निष्कर्ष निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप