महामन्त्रीमा भोट माग्नु छ, टाउको खोज्दैछु : मिनेन्द्र रिजाल
नेपाली काँग्रेसका नेता एवं रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग शुक्रबार बिहान केही पत्रकारले ‘ब्रेकफास्ट मिटिङ’ गरे । मन्त्री रिजाललाई सोधियो– यो महाधिवेशनमा शेरबहादुर देउवाले नजितेको अवस्थामा गठबन्धन सरकारको भविष्य के होला ?
संस्थापन इतर पक्षमा रहेका मन्त्री रिजाललाई पत्रकारहरूको अर्को प्रश्न थियो– तपाईं महामन्त्रीमा चुनाव लड्ने भन्दै हुनुहुन्छ, तपाईंंहरूको समूहले सभापतिको साझा उम्मदेवार नै तय गर्न सकेको छैन, टाउकोबिनै कसको प्यानलबाट महामन्त्रीमा लड्ने ?
पत्रकारसँग खुलेर प्रस्तुत भएका डा. रिजालले महाधिवेशनको केही सम्भावित गणितका विषयमा पनि चर्चा गरे । साथै, सरकारमा आफू प्रधानमन्त्री देउवाको आज्ञाकारी भए पनि आगामी चुनावमा नेपाली काँग्रेसले नयाँ अनुहार लिएर भोट माग्नुपर्ने धारणा व्यक्त गरे ।
मन्त्री रिजालले भने, ‘चुनावसम्म शेरबहादुर देउवाकै नेतृत्वमा देश चलाउनुपर्छ र चुनावमा पुग्नुपर्छ भन्ने हो । यसअर्थमा प्रधानमन्त्रीको असाध्यै आज्ञाकारी हो म । तर, चुनावमा जाँदा अनुहारचाहिँ कस्तो देखाउने त भन्दा अहिले काँग्रेसले देखाएजस्तो होइन कि फरक देखिनुपर्छ भनेको हो ।’
टाउकोबिनै महामन्त्रीमा लड्ने ? पत्रकारको प्रश्नमा नेता रिजालले भने, ‘यो हाम्रो देउवा इतर पक्षको सबैभन्दा ठूलो ट्रेजेडी हो ।... मैले शीर खोजेको छु । सकेँ भने दुईवटा हात हुन्छु हेरौँ ।’
प्रस्तुत छ, डा. रिजालसँग पत्रकारहरूले गरेको कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा नजिते गठबन्धन सरकारलाई असर पर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । भोलि मतगणना हुँदा देउवा हार्नुभयो भने गठबन्धन सरकार तलमाथि हुन्छ कि हुँदैन ?
मैले सभापतिको मतगणना सकिएपछि परिणाम के आउँछ भन्नेसम्म सोच्न सकेको छैन । तर, एउटा कुरा पक्का हो, मैले सार्वजनिकरुपमा पनि भनेको छु कानुनी र प्राविधिक रुपले होइन, राजनीतिक रुपले यो सरकार सङ्क्रमणकालीन सरकार भैसकेको छ । एउटा जनादेश दिएर यो प्रतिनिधि सभा आएको हो ।
हिजो जनादेश बोकेर आएको प्रतिनिधि सभामा रहेको वाम गठबन्धन नेकपाका रूपमा एकीकृत भएको थियो र त्यो जनादेश बलियो र सुदृढ बनेको थियो । तर, उहाँहरूकै काम र गतिविधिका कारणले त्यो रहन सकेन । गठबन्धन बनाउनुभन्दा अघिको नेकपा माओवादी पनि सग्लो रहन सकेन । एमाले पनि सग्लो रहन सकेन । माधव नेपाल र झलनाथ खनाल एकातिर हुनुभयो, केपी ओली अर्कोतिर हुनुभयो । रामबहादुर थापा ‘बादल’ र लेखराज एकातिर हुनुभयो, प्रचण्ड अर्कोतिर हुनुभयो । त्यसैले जनताको आदेश छिन्नभिन्न भएको छ । यसकारण कसका भागमा कति प्रतिशत जनादेश छ थाहा छैन ।
हामीलाई त्यसबेला जनताले तिमीहरू प्रमुख प्रतिपक्ष हौ, यिनीहरूले ५ वर्ष सरकार चलाउँछन्, स्थिर सरकार दिन्छन्, यदि सकेनन् भने सरकार बनाउने तिमीहरूको जिम्मामा आउँछ भनेर पठाएका हुन् । त्यो अभिभारालाई ग्रहण गरेर त्यही गठबन्धन वा सरकारमा बसिसकेका दलहरूलाई मिलाएर अर्को सरकार गठन गर्यौँ । अहिले हिजोका परिस्थितिहरू फेरिएर गएका छन् । त्यसैले सहजरुपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्याउने हाम्रो जिम्मेवारी हो ।
मैले दुईवटा काम गरिरहेको छु, प्रधानमन्त्रीको आज्ञाकारीका रूपमा नेपाली काँग्रेसको नेतृत्वको सरकारले चुनावसम्म पुर्याउने कामका लागि मेरो प्रधानमन्त्रीप्रति सय प्रतिशतको झुकाव छ । तर, काँग्रेसले त्यो अनुहार देखाएर बहुमत प्राप्त गर्न सक्छ भन्ने लाग्दैन ।
पाँच वर्षसम्म जस्ताको त्यस्तै सरकार चलाइराख्नुपर्छ भन्ने आजको दिनको अवस्था हो जस्तो मलाई लाग्दैन । त्यसैले काँग्रेसको महाधिवेशन सकिन्छ, एमालेको महाधिवेशन सकिएको छ, माओवादीको सम्मेलन पनि चाँडै सकिन्छ । मधेस केन्द्रित दलहरूले पनि त्यो काम गर्छन् । सबै दलहरूले आ–आफ्नो अधिवेशन सकेर जनताका अगाडि कस्तो अनुहार लिएर जाने भनेर तयारी पूरा गरिसकेका हुन्छन् । त्यो कुरा गरिसकेपछि जनताको नयाँ आदेशका लागि जानैपर्छ भन्ने मलाई लाग्छ । त्यसअर्थमा यो सरकार सङ्क्रमणकालीन सरकार भैसकेको छ ।
तर, यसमा कानुनी जटिलताका कुराहरू पनि आइरहेका छन् । त्यसलाई कसरी फुकाउने भन्ने पनि त होला नि ?
मेरो एउटा समस्या के छ भने परको सोच राखेर सोच्ने, तर हिँड्दा एक–एक पाइला मात्रै हिँडेको छु । त्यसैले अहिले मैले त्यतिसम्म मात्रै देखेको छु, पर देखेको छैन ।
तपाईं पनि अहिले दुईवटा भूमिकामा हुनुहुन्छ । एउटा पार्टी र अर्को सरकार । तपाईंले बारम्बार काँग्रेसको नेतृत्व परिवर्तनको कुरा गर्दा शेरबहादुर देउवाको विकल्प खोजिन्छ भन्नुभएको छ । यसका पछाडिको तर्क के हो ? शेरबहादुर देउवा त पाँच दलीय गठबन्धनले समेत विश्वास गरेर प्रधानमन्त्री भएको नेता । काँग्रेस सभापतिमा दोहोरिन नहुने कारण के हो ?
मैले अघि नै भनिसकेँ । तर, व्याख्या गर्न सकिनँ । मैले के भनेँ भन्दा यो सरकार सङ्क्रमणकालीन भैसकेको छ । अब यो सरकार र हरेक पार्टीहरूले आफ्नो अनुहार कस्तो देखाउने भन्ने तयारी गरेर चुनावमा जानुपर्नेछ । त्यो चुनावसम्म शेरबहादुर देउवाकै नेतृत्वमा देश चलाउनुपर्छ र चुनावमा पुग्नुपर्छ भन्ने हो । त्यसअर्थमा प्रधानमन्त्रीको असाध्यै आज्ञाकारी हो म ।
मैले केन्द्रीय समितिमै बोलेँ, शेरबहादुर दाइसँग हुने साथीहरूले आएर भाग खाइदेला भन्ने चिन्ता नगर्नुस् । रामचन्द्र दाइसँग हुने साथीहरू दाम्लो चुँडाएर अन्त जान्छन् कि भन्ने डर नमान्नुस् । त्योखाले समन्वयकारी भूमिका पनि मैले गरेँ । यस्तै यस्तै कुराले मलाई चिन्छ होला । तर, योभन्दा बढी मैले मेरो कुरा गर्न थालेँ भने ऐना हेर्दा जस्तो आफ्नो रूप हेरी हेरी आफै दंग भनेजस्तो होला ।
तर, चुनावमा जाँदा अनुहार चाहिँ कस्तो देखाउने त ? भन्दा अहिले काँग्रेसले देखाएजस्तो होइन कि फरक देखिनुपर्छ भनेको हो । नभए काँग्रेसलाई जनताले सारै पत्याउँदैनन् कि जस्तो लाग्छ मलाई । त्यस कारण पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भनेर लागेको छु ।
मैले दुईवटा काम गरिरहेको छु, प्रधानमन्त्रीको आज्ञाकारीका रूपमा नेपाली काँग्रेसको नेतृत्वको सरकारले चुनावसम्म पुर्याउने कामका लागि मेरो प्रधानमन्त्रीप्रति सय प्रतिशतको झुकाव छ । तर, काँग्रेसले त्यो अनुहार देखाएर बहुमत प्राप्त गर्न सक्छ भन्ने लाग्दैन ।
अहिले महामन्त्रीका प्रत्याशीहरू धेरै जना छन् । तपाईंंको चाहिँ महामन्त्री पदमा उम्मेदवारी किन ?
संसद् र सडकमा पनि डा. मिनेन्द्र रिजाल विपक्षीको भूमिकामा बसेको हो । सडकमा त ज्यानै लिन खोज्दा पनि नटेरी अगाडि बढ्या हो । अलिअलि वैचारिक मान्छे पनि हो । पहिला शेरबहादुर देउवासँग लामो समयसम्मसँगै काम गरियो । ठाउँ नहुँदा पनि जोखिम उठाउन लागि परियो । काँग्रेस चार बर्षदेखि पराजित भएर सानो भूमिकामा खुम्चँदा पनि काँग्रेसभित्रको ध्रुवीकृत राजनीतिमा कहीँ न कहीँ समन्वय गरेर पार्टीलाई यहाँसम्म ल्याउनुपर्छ, यत्रो विवादका बीचमा पनि केन्द्रीय समितिको निर्णयमा कतै न कतै समन्वय गरेर निर्णय गर्नुपर्छ र पार्टीलाई अधिवेशनसम्म पुर्याउनुपर्छ भन्ने हो ।
यहाँसम्मको आरोप खेपियो कि देउवाजीसँग नजिक हुने मान्छेहरूले यो आएर हाम्रो भाग पो खाइदेला कि भन्ने ठूलै चिन्तामा बस्नुभयो । हाम्रोतिरका साथीहरूले जहिले पनि किन समन्वयको भूमिका गर्छन् ? उता जान पो यसलाई मन थियो कि, उता पो घाँस देख्या छ कि भन्ने हाम्रा साथीहरूलाई पनि चिन्ता भयो ।
मैले केन्द्रीय समितिमै बोलेँ, शेरबहादुर दाइसँग हुने साथीहरूले आएर भाग खाइदेला भन्ने चिन्ता नगर्नुस् । रामचन्द्र दाइसँग हुने साथीहरू दाम्लो चुँडाएर अन्त जान्छन् कि भन्ने डर नमान्नुस् । त्योखाले समन्वयकारी भूमिका पनि मैले गरेँ । यस्तै यस्तै कुराले मलाई चिन्छ होला । तर, योभन्दा बढी मैले मेरो कुरा गर्न थालेँ भने ऐना हेर्दा जस्तो आफ्नो रूप हेरी हेरी आफै दंग भनेजस्तो होला ।
तेह्रौँ महाधिवेशनमा कृष्ण सिटौला अन्तिम चरणमा निर्णायक हुनुभएको थियो । पहिलो चरणमै देउवा र सिटौला मिल्ने हो भने सुरुमै देउवाको जित हुन सक्छ भन्ने पनि कतिपयको भनाइ छ । अर्कोतिर देउवासँग लड्ने र ५१ प्रतिशत नपुगेपछि जसले धेरै मत ल्याउँछ उसैलाई सहयोग गर्ने नीति हुन सक्छ कि ? यसपटक तपाईंहरूको मूल्याङ्कन के छ ?
पहिलो कुरा, मलाई केमा भरोसा छैन भने, हामी यति आकलन गर्न नसक्ने पनि हुनुहुँदैन । हिजोकै ठ्याक्कै त्यही दोहोरिँदैछ र खाली भूमिका मात्रै कोही देउवाको भूमिकामा रहने, कोही रामचन्द्र र कोही सिटौलाको भूमिकामा रहने भनेर ? शेरबहादुर देउवाको भूमिका नपाए रामचन्द्रको भूमिका, त्यो पनि नपाए सिटौलाको भूमिकामा भए पनि बसौँ भनेर प्रतिस्पर्धा गर्ने यो भन्दा गलत काम केही पनि हुन सक्दैन ।
त्यसैले मलाई योपटकको चुनाव दोस्रो राउण्डमा पनि जाला जस्तो लाग्दैन । आजको दिनमा मेरो आकलनमा झण्डै दुई समय मतले जित हुन्छ । देउवाभन्दा बाहिरको कुरा गर्दा सिटौलाजीको मत कति छ, थाहा छैन मलाई । त्यसैले हामी देउवा इतर पक्षको मत जोड्यो भने बाँकी कति मत रह्यो भन्दा अढाई सय मत बढी हुन्छ भन्ने लाग्छ । त्यो मत सिटौलाजीसँग कति छ ? २ सय वा ५ सय छ थाहा छैन । अथवा, देउवासँगै छ वा आधा आधा छ, त्यो पनि थाहा छैन । त्यसैले दोस्रो राउण्ड कस्तो हुन्छ भन्ने मलाई भन्न कठिनाइ भएको छ ।
हामीकहाँ ठ्याक्कै ५० प्रतिशत पुर्याउन र एक भोट थप्न दुई– अढाई सय कमजस्तो लागिरहेको छ । त्यो अवस्थामा दोस्रो राउण्ड छँदैछ, यो दुई–अढाई सय भोट छँदैछ, बाँडेर यता पनि गरौँ उता पनि गरौँ भन्यो भने र अर्को बाँकी भोट एकै ठाउँ गयो भने हामीले दोस्रो राउण्ड छ भन्दा उही भुईको टिप्न जाँदा पोल्टाको पनि झर्न सक्छ ।
मलाई केही चिन्ता छैन । आज हामी जे परिस्थितिमा जोडिइरहेका छौँ, त्यो चिन्ता त्यतिखेर पनि थियो । त्यतिखेर मैले मजाक गरेँ । म देउवा टिमसँग महामन्त्री लड्नुपर्ने अवस्था होला जस्तो छ भनेको थिएँ मैले । आज पनि सिट खोजिरहेको छु, सिट फेला परेको छैन ।
फेरि, एउटा कुरा त मान्छे लोभी र स्वार्थी पनि हुन्छ । म कहाँ सभापतिको देख्न सक्छु र ? मत महामन्त्री लड्ने भन्या हो, महामन्त्री दोस्रो राउण्ड नै छैन । मेरो नियति टुंगिइसक्छ पहिलो राउण्डमै । सभापति लड्ने उम्मेदवारले दोस्रो राउण्ड देख्नुभएको छ भने बेग्लै कुरा हो ।
पहिलो चरणमै देउवाले जित्ने सम्भावना धेरै रह्यो त्यसोभए ?
त्यो त मैले भनिनँ । दोस्रो राउण्ड पनि देख्ने म भैदिएको भए सभापतिमा लड्थेँ होला नि त । त्यही भएर महामन्त्रीमै चित्त बुझाएको हो ।
अहिले तपाईंहरूको टिममा टेक्निकल समस्या देखिन्छ । प्रकाशमान र अर्को समूह बन्नेवित्तिकै कसको प्यानलमा महामन्त्री लड्ने ? संस्थापन इत्तरबाट सभापति दुईवटा भए पनि अन्य पदमा संयुक्त प्यानल बनाउने कि ?
मेरो स्वभाव ठ्टौली पारामा कुरा गर्नेछ । त्यसर्थ मेरो व्यवहारमा कृष्णप्रसाद भट्टराईको सेन्स अफ ह्यूमर बेलाबेलामा सम्झिन्छु । साथीहरू कसै कसैले सम्झिनुभएको छ भने मिनेन्द्र खाली हावा कुरा गर्छ भनेर निस्किनु पनि भएको छ । मलाई बेला–बेलामा सोध्नुहुन्थ्यो तपाईं कसको महामन्त्री हो भनेर । मैले अहिलेसम्म भन्दै आएको छु म त २ वटा टिमबाट लड्नुपर्ला जस्तो छ ।
मलाई केही चिन्ता छैन । आज हामी जे परिस्थितमा जोडिइरहेका छौँ, त्यो चिन्ता त्यतिखेर पनि थियो । त्यतिखेर मैले मजाक गरेँ । म देउवा टिमसँग महामन्त्री लड्नुपर्ने अवस्था होला जस्तो छ भनेको थिएँ मैले । आज पनि सिट खोजिरहेको छु, सिट फेला परेको छैन । मैले म भन्दा माथिल्ला नेताहरूलाई अपमानित गर्न चाहेको होइन । म मेरो क्षमता अनुसारको सिट खोजिरहेको छु । सिट फेला नपारेको कुरा मैले अस्वीकार गर्न मिल्दैन ।
अघि मैले सुनेको थिएँ । सेकेण्ड राउण्ड सिटौला भनेर । मलाई कता–कता के लाग्छ भने मैले चुनावमा पनि भनेँ तपाईंहरूले पनि लेख्नुभएको छ, हाम्रो नियति चाहिँ देउवा इतर पक्षको कस्तो देखिन थाल्यो भने तपाईंले भनेको जस्तै नमिल्यो भने आफू प्रथम हुँदैन जस्तो छ ।
सेकेण्ड राउण्डमा जान्छ नै । सेकेण्ड राउण्डमा जाँदाखेर मै पो हुन्छु भन्ने अथवा सेकेण्ड राउण्ड गयो भने पनि देउवाको भूमिका नभए पनि रामचन्द्रको भूमिका र सिटौलाको भूमिकामा त म पुग्छु है भनेजस्तो कहीँ न कहीँ अर्धचेतन मनमा भएर त्यसो भएको हो । मलाई यो चुनाव पछाडि आफूलाई कसरी स्थापित गर्ने ? हार्ने अधिकार चाहिँ मैले किन सुरक्षित नगर्ने ? काँग्रेसको विकल्पको नेता हारेपछि हुँदोरहेछ । अथवा, काँग्रेसको विकल्पको नेता नभए पनि हैसियत काँग्रेसमा बलियो बनाउँदो रहेछ ।
तपाईंले हिजो गगन थापाको कुरा भन्नुभयो । आखिरमा गगन र मेरो मानस त झण्डै एकैखाले हो । बुझ्नु भयो नि तपाईंले ? मैले शीर खोजेको छु । सकेँ भने दुईवटा हात हुन्छु हेरौँ ।
शेरबहादुर देउवा र रामचन्द्र पौडेल चाहिन्छ, नभए काँग्रेस हुन्न भन्ने थिए । अहिले सिटौलाजी पनि चाहिन्छ भन्ने खाले जुन भाष्य चलेको छ नि, त्यही भाष्यभित्र आफ्नो ठाउँ पाए पनि के भयो र भन्ने पनि कहीँ न कहीँ हाम्रो अर्धचेतमा भएकाले हामी एक–अर्कालाई स्वीकार गर्न नसकेर एउटा टिम निर्माण गर्न नसकेको हो कि जस्तो मलाई लाग्छ । यो हाम्रो देउवा इतर पक्षको सबैभन्दा ठूलो ट्रेजेडी हो । मार्क्सले भनेको जस्तो इतिहास दोहोरिन्छ, पहिले ट्रेजेडीका रूपमा, दोस्रो पास्टका रूपमा भनेजस्तो ।
हिजो महामन्त्रीको दाबी गर्दै गर्दा गगन थापाले पनि तपाईंले जस्तै भन्नुभएको थियो, हाम्रो चाहिँ शीर को हुन्छ, थाहा छैन । तपाईंले पनि त्यही भन्नुभयो । यसोभन्दा प्रतिनिधिहरूमा निराशा छाउँछ होला नि ?
त्यही त डर छ । त्यो निराशाले गर्दा प्रतिनिधिहरूलाई समस्या नहोस् भन्नका लागि निराशा नछाउने भएको भए, निराशा छाउला भन्ने सन्त्रास नभएको भए, मलाई पनि अरू नेताहरूजस्तै सेकेण्ड राउण्डमा हुन्छ भन्ने ढुक्कै हुन्थ्यो होला नि त । देउवाजी सँग ५० प्रतिशत छैन । तर, हाम्रो ढंग, व्यवस्थापन र हाम्रो. नेतृत्वको सामूहिक असफलताका कारण हामीले अलिअलि मत उतैतिर पठाइदिन्छौँ कि भन्ने चिन्ता हो ।
भोलि मनोनयन पत्र दर्ता गराउनुपर्नेछ । आजसम्म तपाईंले शीर तयार पार्न सक्नु भएको छैन । भोलिसम्म पनि त्यही शीरकै खोजीमा जाँदै गर्दा प्यानलविनै महामन्त्रीको उम्मेदवार बन्ने कसरतमा हुनुहुन्छ कि हुनुहुन्न ? कि शीरमै गएर कहीँ जोडिने हो ?
तपाईंले हिजो गगन थापाको कुरा भन्नुभयो । आखिरमा गगन र मेरो मानस त झण्डै एकैखाले हो । बुझ्नु भयो नि तपाईंले ? मैले शीर खोजेको छु । सकेँ भने दुईवटा हात हुन्छु हेरौँ ।
डा. साप, यो शीर खोज्न तपाईंहरू लामै समयदेखि वार्ता र छलफलमा हुनुहुन्छ । कतै तपाईं नै त भन्न अलि नमिल्ला । तपाईंहरूसँगै यो शीर खोज्न भनेर जुटेका नेताहरूको आ–आफ्नो स्वार्थ, आफू कहाँ अडिने भनेर समस्या भएको त हैन ?
पर्सिका दिनमा मत माग्नु छ । धेरैवटा चिढ्याउने कुरा मलाई बोल्न नलगाउनु न । अहिले म यति भन्छु कि अघिल्लो महाधिवेशन सकिइसकेपछिको अन्तरवार्तामा अब अर्कोपल्ट फेरि हामी शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई बोकेर महाधिवेशनमा पुग्दैनौँ, नयाँ नेतृत्वहरूका बीचमा प्रतिस्पर्धा गराउने परिस्थिति निर्माण गर्छौँ भनेका थियौँ । उहाँहरूले ठूलो योगदान दिनुभयो काँग्रेसलाई, अब त्यो चरण सकियो ।
आज तपाईंहरूलाई थाहा छ, हिजो बेलुकी १२ बजेसम्म रामचन्द्र पौडेलकै नाममा सहमति जुटाउन सकिन्छ कि भनेर लाग्यौँ । शेरबहादुर देउवाको प्रतिस्पर्धामा रामचन्द्र पौडेल नै उम्मेदवार बनाउन सकिन्छ कि भन्ने प्रयत्नमा राति १२ बजेसम्म कसरत गरिराखेका थियौँ । ५ वर्ष अगाडि मैले बोलेको कुरा मैले आज आफैँ रिभ्यू गर्दा केही मनोदशा मेरो मनमा पनि छ ।
कति कुरा खुलेर भन्न मिल्ला, कतिपय नमिल्ला । तर, मनोदशा चाहिँ मेरो मनमा आज पनि हुन्न होला भन्ने थियो । यसो नगरौँला भन्ने थियो । यसो नगर्ने राजनीति निर्माण गरौँला भन्ने थियो । तर, आज त्यही बाटो भए पनि कमसेकम विकल्पका रूपमा त प्रस्तुत हुन सक्ला भनेर लागेँ । अहिलेसम्म सफलता प्राप्त भएको छैन । आज तपाईंहरूसँग छुट्टिएपछि पनि त्यही काममा लाग्नेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह