शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बिपिन रावतको मृत्युमा अड्कलबाजी नगरौं, गरिमाको ख्याल राखौं : भारतीय वायुसेना

शुक्रबार, २४ मङ्सिर २०७८, १३ : ४५
शुक्रबार, २४ मङ्सिर २०७८

भारतीय वायुसेनाले जनरल बिपिन रावत तथा अन्य १३ जना सवार हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । वायुसेनाले एक ट्वीट गर्दै ‘८ डिसेम्बर, २०२१ मा भएको हेलिकोप्टर दुर्घटनाको अनुसन्धान गर्नका लागि कोर्ट अफ इन्क्वायरीको गठन गरिएको छ । अनुसन्धानलाई तीब्रता दिइनेछ र तथ्यलाई सार्वजनिक गरिनेछ । त्यतिबेलासम्म, मृतकको गरिमाको ख्याल गर्दै विभिन्न अड्कलबाजी गर्न बन्द गरौं ।’

उक्त दुर्घटनामा बिपिन, उनकी श्रीमतीसमेत १३ जनाको मृत्यु भएको छ । ग्रुप क्याप्टेन वरुण सिंहको स्थिति गम्भीर छ र हाल उनको उपचार चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप