भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन
भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ । पिपरियाको श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंजको श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालयको नेपालस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गरेकी हुन् ।
भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९.४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ । यसअघि यी दुई विद्यालय प्रावि मात्र थिए । नेत्रगंजस्थित मावि व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ । सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।
जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध
-
सिन्धुलीको बुद्धचित्त माला विवादमा थप एक जना पक्राउ
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय एकता महाधिवेशनको र्याली (तस्बिरहरु)
-
पराजित हुने भयले कर्णालीमा उम्मेदवारविहीन भयो एकीकृत समाजवादी
-
कांग्रेस–एमालेको गढमा माओवादीको धावा !