निकारागुवाले तोड्यो ताइवानसँगको कूटनीतिक सम्बन्ध

निकारागुवाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । निकारागुवा ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो । आफूसँग कूटनीतिक सम्बन्ध तोडेकोमा ताइवान निकारागुवासँग दुःखी बनेको जनाएको छ । निकारागुवाले वर्षौंदेखिको मित्रतामा अपमान गरेको ताइवानले जनाएको छ ।
निकारागुवाको कदमलाई चीनले स्वागत गरेको छ । आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरूलाई आह्वान गरिरहेका बेला निकारागुवाको पछिल्लो घोषणा आएको हो ।
ताइवानलाई बेइजिङले आफूबाट टुक्रिएर रहेको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ । तर, ताइवानले भने आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक देशको रुपमा व्यवहार गर्दै आएको छ ।
ताइवानमा सन् २०१६ मा राष्ट्रपति साइ इङ वेन राष्ट्रपति बनेपछि छिमेकी देशहरुले एकपछि अर्को गरी कूटनीतिक सम्बन्ध तोड्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा
-
काईयी एक्सचेन्ज कार्निभलको समय थप
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन
-
बागमती प्रदेशसभा अधिवेशन आह्वान