रामचन्द्रलाई निधिको फोन– महाधिवेशनको उद्घाटनमा सहभागी हुन आग्रह
शुक्रबार, २४ मङ्सिर २०७८, १२ : ०४

काँग्रेस उपसभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् । नेता पौडेल बिहीबारको केन्द्रीय समितिको बैठकमा सहभागी नभएको तथा आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेका हुन् ।
सो क्रममा निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै सम्मानित नेता पौडेलको सहभागिता जरुरी रहेको बताए । जवाफमा पौडेलले आफू सहभागी हुने बताएको निधिले जानकारी दिए । नेता पौडेल आफू समूहका नेताहरुको बैठकमा समेत सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि निराश बनेका छन् भने सोही निराशापछि उनले पार्टीबाटै सन्यास लिने अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिपछि पौडेल समूह र पार्टीका बैठकहरूमा अनुपस्थित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय