शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्रलाई निधिको फोन– महाधिवेशनको उद्घाटनमा सहभागी हुन आग्रह

शुक्रबार, २४ मङ्सिर २०७८, १२ : ०४
शुक्रबार, २४ मङ्सिर २०७८

काँग्रेस उपसभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् । नेता पौडेल बिहीबारको केन्द्रीय समितिको बैठकमा सहभागी नभएको तथा आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेललाई फोन गरेका हुन् । 

सो क्रममा निधिले पार्टीका शीर्ष नेता उद्घाटन समारोहमा सहभागी हुनुपर्ने भन्दै सम्मानित नेता पौडेलको सहभागिता जरुरी रहेको बताए । जवाफमा पौडेलले आफू सहभागी हुने बताएको निधिले जानकारी दिए ।  नेता पौडेल आफू समूहका नेताहरुको बैठकमा समेत सहमतिमा उम्मेदवार चयन हुन नसकेपछि निराश बनेका छन् भने सोही निराशापछि उनले पार्टीबाटै सन्यास लिने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिपछि पौडेल समूह र पार्टीका बैठकहरूमा अनुपस्थित हुँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप