आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

थारू महिलालक्षित कानुनी जनचेतना कार्यक्रम

शुक्रबार, २४ मङ्सिर २०७८, १२ : ०१
शुक्रबार, २४ मङ्सिर २०७८

थारू आयोगको आयोजनामा थारू महिलालक्षित कानुनी जनचेतना तथा सशक्तिकरणसम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम बिहीबारबाट सुरु भएको छ । दुहबीस्थित दिनेश स्मृति प्रतिष्ठान (फरवार्ड) को सभा हलमा भएको कार्यक्रममा मोरङ र सुनसरी दुई जिल्लाका थारू महिलाहरुको सहभागिता रहेको  छ । 

कार्यक्रमको उद्घाटन थारू आयोगका सदस्य भोलाराम चौधरीले गरेका थिए । सो अवसरमा उनले कानुनबारे सामान्य जानकारीसमेत नराख्दा थारू महिलालगायत विभिन्न आदिवासी जनजातिहरुले दुःख पाउनु परेको धारणा राखेका थिए । कार्यक्रममा ग्रामथान गाउँपालिका, बूढीगंगा गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपनगरपालिका, रामधुनी नगरपालिका र गढी गाउँपालिकाका ७५ जना महिलाहरुको सहभागिता रहेको छ । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुवास भट्टराईले लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी परामर्शका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अधिवक्ता महेश्वरी चौधरीले विवाह, सम्बन्ध विच्छेद र सम्पत्तिसम्बन्धि अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको उद्घाटन सत्रमा थारू आयोगका सदस्य सुवोध सिंह थारू, अर्का सदस्य शान्ति मोदीले पनि महिला अधिकारबारे मन्तव्य राखेका थिए । कार्यक्रममा थारू कल्याणकारिणीसभा (थाकस) मोरङका जिल्ला सभापति प्रदीप भगत थारू, थाकस सुनसरीका जिल्ला सभापति सुरेन्द्र चौधरी लगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप