थारू महिलालक्षित कानुनी जनचेतना कार्यक्रम
थारू आयोगको आयोजनामा थारू महिलालक्षित कानुनी जनचेतना तथा सशक्तिकरणसम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम बिहीबारबाट सुरु भएको छ । दुहबीस्थित दिनेश स्मृति प्रतिष्ठान (फरवार्ड) को सभा हलमा भएको कार्यक्रममा मोरङ र सुनसरी दुई जिल्लाका थारू महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन थारू आयोगका सदस्य भोलाराम चौधरीले गरेका थिए । सो अवसरमा उनले कानुनबारे सामान्य जानकारीसमेत नराख्दा थारू महिलालगायत विभिन्न आदिवासी जनजातिहरुले दुःख पाउनु परेको धारणा राखेका थिए । कार्यक्रममा ग्रामथान गाउँपालिका, बूढीगंगा गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपनगरपालिका, रामधुनी नगरपालिका र गढी गाउँपालिकाका ७५ जना महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुवास भट्टराईले लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी परामर्शका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अधिवक्ता महेश्वरी चौधरीले विवाह, सम्बन्ध विच्छेद र सम्पत्तिसम्बन्धि अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको उद्घाटन सत्रमा थारू आयोगका सदस्य सुवोध सिंह थारू, अर्का सदस्य शान्ति मोदीले पनि महिला अधिकारबारे मन्तव्य राखेका थिए । कार्यक्रममा थारू कल्याणकारिणीसभा (थाकस) मोरङका जिल्ला सभापति प्रदीप भगत थारू, थाकस सुनसरीका जिल्ला सभापति सुरेन्द्र चौधरी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने