बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशमानले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने

शुक्रबार, २४ मङ्सिर २०७८, ११ : ३८
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि उनले आफ्नो सचिवालयमार्फत काठमाडौ उपत्यका भित्रका वडा कमिटीका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । कम्तिमा ५ हजार समर्थकसहित उम्मेदवारी दर्ता गर्न लागेको नेता सिंहको सचिवालयले जनाएको छ ।

‘काठमाडौंका सबै वडा कमिटीका क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । अस्पतालमा भएका बाहेक सबैलाई अनिवार्य उपस्थित हुन भनिएको छ’, सिंहको सचिवालय स्रोतले भन्यो, ‘हिँड्नसक्ने जति सबैलाई उपस्थित हुन सर्कुलर पठाइएको छ । को–को उपस्थित हुँदैन उसको नाम टिपोट गर्न भनिएको छ’ सिंह निकट नेता राजन केसीले नेता सिंहले आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दिने स्थानसम्म र्यालीसमेत निकाल्ने तयारी गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप