शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डलर सटहीमा थप कडाई गर्दै राष्ट्र बैंक

शुक्रबार, २४ मङ्सिर २०७८, ११ : ११
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडा गर्ने भएको छ । बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागले मुद्रा सटही ऐनका लागि बनेको एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको डलर सटही सुविधा घटाएको हो । 

बिहीबार परिपत्र संशोधन गर्दै बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० सम्म सटही सुविधा उपलब्ध गराउन ‘क’ र ‘ख’ वर्गका वाणिज्य बैंक र विकास बैंकलाई निर्देशन गरेको छ । 

यसअघि २५० देखि ५०० डलरसम्मको सटही सुविधा प्रदान गरिएको थियो । तर, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरूका लागि भने यो व्यवस्था बाध्यकारी नहुने बैंकले जनाएको छ । 

कोरिया जाने नेपाली कामदारहरूले कोभिड–१९ का कारण क्वारेन्टिन खर्च वापत सो व्यहोरा खुल्ने वैदेशिक रोजगार विभागको सिफारिस पत्र समेतको आधारमा थप अधिकतम अमेरिकी डलर १५०० सम्म साट्न पाउने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप