माओवादी केन्द्रको प्रदेश २ अधिवेशनमा एक हजार प्रतिनिधि रहने

नेकपा (माओवादी केन्द्र) को प्रदेश २ अधिवेशनको उद्घाटन शनिबार जनकपुरधाममा हुने तय भएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै नेकपा माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले अधिवेशनको तयारी पूरा भएको जनाए । अधिवेशनमा प्रदेश २ का एक सय ३६ पालिकाबाट ६ सय र मनोनित गरी एक हजार प्रतिनिधि सहभागी उनले जनाए ।
उनले यही पुस ३ गतेको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने हुँदा त्यस अवधिभित्र बाँकी रहेका पालिकाको अधिवेशन सम्पन्न गरिने संयोजक बुढाथोकीले बताए । प्रदेश २ मा एक सय ३६ पालिकामध्ये ३० वटा पालिकामा अधिवेशन हुन बाँकी छ ।
प्रदेश अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल मार्फत सात वटै प्रदेशमा एकै पटक सम्बोधन गर्नेछन् ।
माओवादी केन्द्रको प्रदेश अधिवेशन जनकपुर उद्योग बाणिज्य संघको सभा हलमा हुने छ । प्रदेश २ अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका स्थायी समिति सदस्यत्रय मात्रिका प्रसाद यादव, गिरीराजमणि पोखरेल र गणेश साहलगायतका नेताले पनि सम्बोधन गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव सरुवाले हैरान बनेका सांसदले भने : नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा पुगिसक्छन्
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै