आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सञ्जय, दीपक, एड्रीनले युरोपमा सांगीतिक टुर गर्ने

शुक्रबार, २४ मङ्सिर २०७८, ११ : ०८
शुक्रबार, २४ मङ्सिर २०७८

‘पिस एन्ड युनिटी म्युजिकल टुर २०२२’ हुने भएको छ । आयोजक पिस एण्ड युनिटिकाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टुरको बारेमा जानकारी दिएको हो । टुरमा  सञ्जय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् ।

‘पिस एन्ड युनिटी म्युजिकल टुर’ को यो दोस्रो संस्करण हो । यस अगाडि २०१९ मा यो टुर आयोजना भएको थियो । सो समय हरेक बर्षमा आयोजना हुने भनिएको टुर कोरोनाको कारण २०२०÷०२१ आयोजना हुन सकेन । २०१९ को टुरमा गायक सुगम पोखरेल, अभिनेत्री वर्षा राउत र गायिका तृष्णा गुरुङले युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिएका थिए । 

अप्रिलबाट जुनसम्म हुने टुरको सुरुवात जापानबाट हुने आयोजक पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठले बताए । टुरका लागि गायक सञ्जय, दीपक र एड्रीनसहित मेलिना र तृष्णासँग आयोजकले एग्रिमेन्ट समेत गरेको छ । टुरबाट भएको आम्दानीको ८० % रकम पिस एण्ड ब्युटीफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई दिइने भएकोले टुरका लागि छानिएका कलाकार कम पारिश्रमिकमा छनौट भएको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रममा टुरमा सहभागी हुने गायक गायिका सञ्जय, दीपक, एड्रिन, मेलिना र तृष्णाले टुरमा रहने आफ्नो प्रस्तुतिको जानकारी दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप