बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु

शुक्रबार, २४ मङ्सिर २०७८, १० : ५४
शुक्रबार, २४ मङ्सिर २०७८

पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको छ । पोखरा विजयपुरस्थित सडक खण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख.२९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिँदा दुइ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा परी लमजुङ पार्चेका ४२ वर्षीय चालक भीमबहादुर तामाङ र नवलपरासी गैडकोट–१७ का मुर्कुस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 
दुर्घटनामा परेका दुई जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी तिवारी बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप