शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस कोषाध्यक्ष सीतादेवीले कुनै पदमा उम्मेदवारी नदिने

शुक्रबार, २४ मङ्सिर २०७८, १० : ५१
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । पार्टीमा आकांक्षी धेरै भएको र नेताहरुको व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले यो अवस्थामा आफूले पदमा लोभ नगरी कुनै पदमा उम्मेदवार नबन्ने निर्णय लिएको बताइन् । उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको पनि बताइन् । 

पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनको भनाइ छ ।  काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकी नेतृ यादवले देशमा विकास र समृद्धि आपसमा लडेर नभइ मिलेर गर्नुपर्नेमा जोड दिइन्  । 

सिरहाकी सीतादेवी यादवले १३ औं महाधिवेशनमा कोषाध्यक्षमा चुनाव जितेकी थिइन् । यसपटक उनले उपसभापतिमा चुनाव लड्ने इच्छा देखाइएकी थिइन् ।  उनले आफै उम्मेदवारी नदिएपनि छोरा डा सुवास यादवलाई केन्द्रीय सदस्यका रुपमा अघि सारेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप