सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

टोटनह्याममा कोरोना फैलिएपछि ब्राइटनसँगको खेल रद्द

शुक्रबार, २४ मङ्सिर २०७८, १० : ५१
शुक्रबार, २४ मङ्सिर २०७८

प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सका खेलाडी र स्टाफमा कोरोना सङ्क्रमण फैलिएपछि आइतबार ब्राइटनविरुद्धको खेल रद्द भएको छ । लण्डनको क्लबका ८ खेलाडी र स्टाफका पाँच सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार युरोप कन्फरेन्स लिगमा रेनविरुद्धको खेल पनि स्थगित भएको थियो ।

बुधबार स्पर्सको पहिलो टोलीको प्रशिक्षण पनि रोकिएको थियो । क्लबले खेललाई सार्न आग्रह गरेपछि प्रिमियर लिगको बोर्ड मिटिङ बसेको थियो । बैठकले खेलाडी र स्टाफको स्वास्थ्यलाई ख्याल गर्दै खेल रद्द गर्ने निर्णय गरेको जानकारी दिइएको छ । आइतबारको खेललाई भविष्यमा उपयुक्त समयमा खेलाइने पनि बोर्डले जानकारी दिएको छ । स्पर्सले यसबारे थप विवरण आफ्ना समर्थकहरूलाई समय समयमा साझा गरिरहने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप