शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फ्रान्सले बेइजिङ ओलम्पिक बहिस्कार गर्दैन : राष्ट्रपति इम्यानुअल म्याँक्रो

शुक्रबार, २४ मङ्सिर २०७८, १० : ४०
शुक्रबार, २४ मङ्सिर २०७८

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदे ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । बहिस्कार अनुपयुक्त भएको र यसले खासै महत्व नराख्ने उनको भनाई छ । 

चीनमा मानवअधिकार उल्लंघनका घटनामा तीव्र बृद्धि भएको भन्दै दबावसहित अमेरिकासहितका चार राष्ट्रले बेइजिङ ओलम्पिकमा सरकारी प्रतिनिधि नपठाउने घोषणा गरेका छन् । चीनले त्यहाँको मुस्लिम समुदाय उहिगुर र अन्य अल्पसंख्यकमाथि दमन गरेको ती देशहरुले आरोप लगाउँदै आएका छन् । 

त्यस्तै, हङकङमा भएको राजनीतिक आन्दोलनमा भइरहेको दमन र चीनकी टेनिस खेलाडी पेङ सुआईमाथि भएको यौन दुर्व्यवहारका विषयलाई पनि ती राष्ट्रले चीनसँग अ‍ौ‌ला ठडाएका छन् ।   
यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बेइजिङ ओलम्पिकमा आफू सहभागी हुने जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप