मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

माओवादी बुटवलमा चरम  विवाद : अझै नेतृत्व चयन हुन सकेन

शुक्रबार, २४ मङ्सिर २०७८, १० : ३५
शुक्रबार, २४ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर नेतृत्व छान्ने विषयमा चरण विवाद देखिएको छ  । गत मंसिर १८ गते पूर्वमन्त्री एवं प्रदेश इन्चार्ज चक्रपाणि खनाल (बलदेव )ले उद्घाटन गरे पनि आज सम्म नेतृत्व चयन गर्न सकेको छैन । सहमतिमा नेतृत्व चयनका नाममा अधिवेशन सकिए पनि अहिलेसम्म उपमहानगर कमिटी नेतृत्वविहीन अवस्थामा रहेको हो । विवादका कारण  प्रदेश प्रतिनिधि पनि छनौट गर्न सकेको छैन ।

केही नेताहरूले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध जनाइरहेका छन् । अधिवेशनले नगर प्रतिनिधि छनौट गरे पनि पदाधिकारी र प्रदेशमा जाने प्रतिनिधिमा विवाद देखिएको छ । प्रदेश प्रतिनिधिको ९ पदमा २३ जनाको उम्मेदवारी छ । निर्वाचन समितिका संयोजक निमान्द गैरेले  प्रदेशको प्रतिनिधि  चाँडै टुङ्गाउने बताए ।

नेतृत्वमा नारायण बन्जाडे, मनोज राना, मञ्जु भुसाल, मणि भट्टराई ,विष्णु ढकाल, पुष्पराज ढकाल लगायत आउन खोजेका छन् । तर न  निर्वाचनको प्रक्रिया अगाडि बढाइएको छ न त सर्वसम्मत रूपमा छनौट गर्न सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप