बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी

शुक्रबार, २४ मङ्सिर २०७८, १० : ०७
शुक्रबार, २४ मङ्सिर २०७८

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गरेका हुन् ।

अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले रातोपाटीलाई बताए । आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने बताउँदै उनले पार्टी घोषणा भइसकेपछि मात्र कमिटी विस्तार गर्ने जानकारी दिए ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप