नाडामा थापाले मारे बाजी, ६६ मतले चौधरी पराजित
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा व्यवसायी ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले विजय हासिल गरेका हुन् । विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याएका छन् ।
अन्य १७ कार्यसमिति सदस्यमा भने करण चौधरीको प्यानलको बहुमत आएको छ। १२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट कार्यसमिति सदस्यमा जित हासिल गरेका छन्। करण चौधरीको प्यानलबाट मिलन बाबु मल्ल १४ सय ६४, अनुप कुमार बराल १४ सय ६२ , राजनबाबु श्रेष्ठ १४ सय ५६, सुरेन्द्र कुमार उप्रेती १४ सय ३०, सुनिल रिजाल १४ सय १, अभिक ज्योति १३ सय ८२ , प्रकाश कपुरी १३ सय ७८ , बिक्राम सिंघानिया १३ सय ७० मत ल्याएर विजयी छन्। यस्तै, निलमणी पाठक १३ सय ५३, बरदान बस्नेत १३ सय ५३ र पंकज अग्रवालले १३ सय ३७ मत ल्याएर करण चौधरीको प्यानलबाट विजयी भएका छन्।
यता ध्रुव थापाको प्यानलबाट निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ६२, कपिल शिवाकोटी १३ सय ४९, प्रदिपमान प्रधान १३ सय ४७ र आकाश गोल्छा १३ सय ४४ मत ल्याएर विजयी भएका छन्। ३१ सय मतदाता मध्ये नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलमिलापको नाममा वैदेशिक रोजगार पीडितहरूमाथि थप पीडा
-
विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
-
सुदूरपश्चिममा विपत् व्यवस्थापन तयारी : २ लाख ३३ हजार जनसङ्ख्या प्रभावित हुन सक्ने
-
बागमती सरकारबारे केन्द्रको निर्देशन कुर्दै एमाले
-
गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ?