बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको दर कति ?

शुक्रबार, २४ मङ्सिर २०७८, ०८ : ३३
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा कायम गरेको थियो भने आज यसको दरमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५४ पैसा र बिक्री दर १२१ रुपैयाँ १४ पैसा कायम गरेको छ । 

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १८ पैसा र बिक्री दर १५९ रुपैयाँ ९७ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रुपैयाँ ७२ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्री दर १० रुपैयाँ ६७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्री दर ३२ रुपैयाँ २९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप