बस्तीमा जङ्गली हात्तीको आतंक
![बस्तीमा जङ्गली हात्तीको आतंक](https://rpcdn.ratopati.com/media/albums/hatti_EKjeu77jrz.jpg)
झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।
रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पु¥याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।
दिनुहुँजसो हात्तीले बस्तीमा आतङ्क मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदैआएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पु¥याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जित निकाल्दै भेनेजुएला कोपाको अन्तिम ८ मा, मेक्सिको बाहिरियो
-
खानीखोलाका कफी–कृषकलाई अनुदान
-
माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने क्रसर व्यवसायीको चेतावनी
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरूले जवाफ दिने कार्यसूची
-
कांग्रेसको पदाधिकारी बैठक बस्दै