बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय सदस्यमा चिरञ्जीवी थापाको उम्मेदवारी घोषणा

बिहीबार, २३ मङ्सिर २०७८, २२ : ५७
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै जाँदा नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र छ । विभिन्न क्षेत्र समूहबाट उम्मेदवारी घोषणा गर्ने क्रममा लामो समयदेखि जनसम्पर्क समिति जापानमा रहि नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै आएका पुराना विधार्थी नेता चिरञ्जीवी थापाले खस आर्यको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

जनसम्पर्क समिति जापानको पटक–पटक कार्यबहाक अध्यक्षको जिम्मेवारी समालेका थापा २०६२, ६३ को जनआन्दोलनमा जापानमा रहेको नेपाली दूतावास घेराउ गर्ने क्रममा पक्राउ समेत परेका थिए । २०४६ सालमा नेविसंघको स्कुल इकाई समितिबाट राजनीति सुरु गरेका थापा अध्ययनका सिलसिलामा जापान पुगेका हुन् ।

बैकिङ, होटेल, उर्जा, सोलार, कृषि लगायतको व्यवसायमा आवद्ध उनी एनआरएन जापानको कार्यबहाक अध्यक्ष समेत भइसकेका छन् । थापाले एमविए सम्मको अध्ययन पुरा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप