आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारी जग्गामा घर बनाएर दिने प्रलोभनमा ठगी गरेका बस्याल कारागार चलान

बिहीबार, २३ मङ्सिर २०७८, २१ : ५८
बिहीबार, २३ मङ्सिर २०७८

सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेका एक युवक जेल चलान भएका छन् । पोखरा–१४ भोटेचौतारास्थित सरकारी जग्गामा घर बनाएर दिने भन्दै स्थानीयसँग रकम ठगी गरेका स्याङ्जा भिरकोट–८ घर भएका खेमबहादुर बस्याल कारागार चलान भएका हुन् ।

सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखिएर रकम ठगी गरेका बस्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत किर्ते गरेर ठगी गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

स्थानीयसँग मोटो रकम ठगी गरेको उजूरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान पछि जिल्ला अदालत कास्कीमा पेश गरेको थियो । त्यसपछि अदालतले बस्याललाई ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी रकम माग गरेमा धरौटी रकम जम्मा गर्न नसके पछि जेल चलान भएको डिएसपी तिवारीले बताए । 

अभियुक्त बस्यालले भोटे चौताराको सरकारी जग्गामा घर बनाएर दिने भन्दै स्थानीयसँग ९ लाख ४६ हजार ठगी गरेको खुलेको छ । बस्याल केही समय फरार रहेकोमा यही मंसिर १९ गते पक्राउ गरी प्रहरीले अदालतमा पेश गरेको थियो ।

उनी विरुद्ध २१ जना पीडितहरुले ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप