शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करलाई सघाउने प्रहरीलाई १ लाख ९१ हजार धरौटी माग

बिहीबार, २३ मङ्सिर २०७८, २१ : ०१
बिहीबार, २३ मङ्सिर २०७८

सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा प्रहरी जवानसँग विमानस्थल भन्सार कार्यालयले धरौटी माग गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसीलाई भन्सार प्रमुख महेश भट्टराईले १ लाख ९१ हजार धरौटीमा छाड्ने निर्णय गरेका हुन् ।

भन्सार कार्यालयले मागेको धरौटी केसीले बुझाएका छैनन् । मंसिर १३ मा ताप्लेजुङ घर भएका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकैबाट लिएका थिए । अनि, दुर्गाधन सहजै भन्सारबाट बाहिरिए । तर, केसीले सुन फिर्ता नगरेपछि दुर्गाधनले प्रहरीलाई खबर गरेका थिए ।

भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान गर्दा सो सुन दुर्गाधनले दुबईबाट भरिया बनेर ल्याएको र केसीले ‘भन्सार कटाइदिन्छु’ भनेर लिएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार सिसिटिभी जाँच गर्दा केसीले सुन लिएको देखिएपछि उनले कसुर स्वीकार गरेका थिए । सो सुन भन्सार कार्यालयले बरामद गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दुर्गाधनसँग पनि १ लाख ९१ हजार धरौटी मागेको छ । उनले पनि धरौटी बुझाएका छैनन् । ५० ग्राम सुन दुबईबाट ल्याउँदा ३ लाख ८२ हजार रुपैयाँ पर्छ । भन्सार कार्यालयले मंसिर १३ देखि जर्ती काटेको गहना बाहेकका सुनमा भन्सार महसुल लिन थालेको छ ।

जवान केसी पूर्व लडाकु हुन् । ६ लाख लिएर स्वेच्छिक अवकाश रोजेपछि उनि प्रहरीमा भर्ना भएका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप