मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजेशको हातबाट फुटबल खेलाडी अस्मितालाई सहयोग

बिहीबार, २३ मङ्सिर २०७८, २० : ५६
बिहीबार, २३ मङ्सिर २०७८

महानायक राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘डाँडापारी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत छ । भिडियोमा राजेश हमालसँगै गीत ढुंगानाको अभिनय छ ।

कार्यक्रममा हमालले ‘डाँडापारी’ गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए । ‘बिदेशमा रहेर पनि यमु शर्माजीले गीत संगीतप्रति देखाएको मायाका कारण पनि मलाई अझ खुसी लाग्यो । यमु शर्मा भन्ने बित्तिकै उनले नेतृत्व गरिरहनुभएको मेची महाकाली बुहारी संयुक्त आवाज पनि जोडिन्छ । संस्थाले महिलाको हकहितका लागि गरेको काम देख्दा खुसी लाग्यो’ हमालले भने ।

कार्यक्रममा महिला फुटबल खेलाडी अस्मिता रनपललाई राजेश हमालको हातबाट ५० हजार रुपैंया प्रदान गरिएको थियो । मेची महाकाली बुहारी संयुक्त आवाजको तर्फबाट उक्त रकम प्रदान गरिएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा फुटबल खेलेर देशभर नाम कमाइसक्दा पनि आर्थिकस्थित दयनीय भएको भन्दै भोलिको दिनमा खेल्नमा थप हौसला बढोस् भन्दै संस्थाले रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा महानायक हमालको हातबाट रकम ग्रहण गर्न पाउँदा भाग्यमानी महसुस गरेको भन्दै अस्मिता भावुक भएकी थिइन् । सहयोग रमक लिदै अस्मिताले मेची महाकाली बुहारी संयुक्त आवाजले आफूलाई यसअघि पनि धेरैपटक सहयोग गरेको बताइन् ।

४८ जिल्लाका बुहारीहरुसँग जोडिएको मेची महाकाली बुहारी संयुक्त आवाजमा १७ हजार बढी महिला आबद्ध छन् । सार्वजनिक भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन् भने छायाङ्कन ज्ञानेन्द्र शर्माको छ । भिडियो अविनाश डिसी र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप