
सिरहामा बेवारिसे अवस्थामा नवजात शिशु फेला

सिरहाको धनगढीमाई नगरपालिका–१०, जिरोमाईल चोकदेखि करिव ३ सय मिटर दक्षिण सडक छेउमा एक बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । स्थानीयवासी सन्तोष साहका अनुसार बाटोमा हिँडिरहेका मानिसले बच्चा रोइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल लगिएको थियो ।
शिशुको जन्म करिब एक साता अघि भएको हुन सक्ने बताइएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ । बच्चालाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएकोे छ ।
अवैध सम्वन्धका कारण बच्चा जन्मेकाले समाजिक डरका कारण आमाले घर लैजान नसकी बाटोमै छोडेर हिँडेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । अहिले शिशुलाई जिल्ला अस्पताल सिरहामा राखिएको सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । उनले बच्चाको अवस्था सामान्य रहेको पनि बताए । बच्चा कसको हो र किन फालिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ