
मलद्वारभित्र ९ सय ग्राम सुन, भारतीय नागरिक पक्राउ

काठमाडौँ । मलद्वारमा लुकाएर ल्याएको सुन सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । तमिलनाडु घर भएका सद्दाम हुसेन सेगु अबुवाकरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । प्रहरीले उनलाई दिसा गराएर ९ सय ग्राम सुन बरामद गरेको छ ।
लेदो सुनलाई पाँचवटा डल्ला बनाएर उनले मलद्वारभित्र लुकाएका थिए । उनी दुबईबाट नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँ आएका हुन् । बिहीबार बरामद गरिएको सुन परीक्षण गर्न बाँकी रहेको एसएसपी बास्तोलाले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ