पूर्व राजा ज्ञानेन्द्र र हिमानीको कुनै पनि सामाजिक सञ्जालमा एकाउन्ट छैन : सचिवालय
पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि सामाजिक सञ्जाल नचलाउने उनको सचिवालयले स्पष्ट पारेको छ । शाहको नाममा खोलिएका एकाउन्टबाट धेरै जना झुक्किएपछि सचिवालयले एक विज्ञप्ति जारी गर्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखी बक्सनु स्वाभाविक हो । तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।’
त्यस्तै हिमानी शाहले पनि कुनै पनि सामाजिक सञ्जाल प्रयोग नगर्ने पनि विज्ञप्तिमार्फत भनिएको छ । विज्ञप्तिमा भनिएको छ, श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा
-
मुख्यमन्त्रीको दाबी : पार्टीको केन्द्रीय नेतृत्वसँगको परामर्शबाटै एमालेबाट मन्त्री बनाइएको हो
-
एक वर्षमा २९ महिला पत्रकारले पेशा छाडे
-
लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा
-
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
-
तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प