काँग्रेस महाधिवेशन : फेरि होला सीतादेवी यादव र चित्रलेखा यादवबीच भिडन्त ?
नेपाली काँग्रेसको महाधिवेशनमा सिरहाका दुई नेतृ चित्रलेखा यादव र सीतादेवी यादव आपसमा फेरि एक पटक भिड्ने त होइन भन्नेबारे चासो बढेको छ । चित्रलेखा काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने सीतादेवी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् ।
१३ औं महाधिवेशनमा दुवैजना कोषाध्यक्ष पदका लागि आपसमा भिडेका थिए । तर यसपटक पनि दुवैजना एउटै पदमा भिड्ने सम्भावना बढ्दै गएको छ । यद्यपि दुवै गुटमा अझै पद बाँडफाँटमा कुरा मिलेको छैन । गत महाधिवेशनमा कोषाध्यक्ष पदमा सीतादेवी यादवले एक हजार २१७ मत प्राप्त गरेकी थिइन् भने चित्रलेखा यादवले एक हजार २०९ मत प्राप्त गरेकी थिइन् । त्यसैगरी कोषाध्यक्ष पदका अर्का उम्मेदवार उमाकान्त चौधरीले चारसय ५७ मत र कृष्ण कार्कीले ६६ मत प्राप्त गरेका थिए ।
यसपटक पनि चित्रलेखा र सीतादेवी एउटै पदमा भिड्ने सम्भावना बढ्दै गएको काँग्रेसका नेताहरु बताउँछन् । पार्टीका नेता मोख्तार अहमदका अनुसार चित्रलेखा यादव र सीतादेवी यादव दुवैजना उपसभापतिमा दावी गरिरहेका छन् । उनले भने, ‘चित्रलेखा यादवको चाहना उपसभापति वा महामन्त्री हो तर पार्टीमा छलफल चलिरहेको कारण अझै त्यो कुरा स्पष्ट भएको छैन ।’
सिरहाका युवा नेता संजय यादवका अनुसार सीतादेवी यादवले पनि उपसभापतिमा आकांक्षा राखेकी छन् । उनले भने, ‘उपसभापतिमा लड्ने या नलड्ने कुरा आज साँझसम्म स्पष्ट हुन्छ ।’
सोही पार्टीका एक नेताका अनुसार यदि सीतादेवीले उपसभापति पद नपाए चुनावमा प्रतिस्पर्धा गर्ने छैनन् । उनले आफू चुनाव नलडेको खण्डमा छोरा डा.सुभाष यादवलाई केन्द्रीय सदस्यमा उठाउने योजना बनाएकी छन् ।
दुवै गुटमा अहिलेसम्म पदाधिकारीको टुंगो लागेको छैन । दुवै पक्षले आफ्नो खेमाबाट पदाधिकारीमा उम्मेदवारीका लागि आन्तरिक छलफल गरिरहेका छन् ।
सिरहाबाटै प्रतिनिधित्व गर्ने नेता प्रदीप गिरी अझै उपचारका क्रममा भारतमा रहेका कारण उनी महाधिवेशनमा चुनाव लड्ने या नलड्ने निश्चित नभएको बताइएको छ । सिरहाकै पद्मनारायण चौधरीले जनजाति कोटामा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् भने मोहम्मद मुख्तार आलमले सहमहामन्त्री नभए मुस्लिम कोटामा केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गरेका छन् । त्यस्तै, सिरहाबाट संजय यादव र उषा राउत पनि केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण