शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्जाको माग अत्यधिक बढ्दा तरलतामा चाप पर्‍योः गर्भनर

बिहीबार, २३ मङ्सिर २०७८, १८ : २५
बिहीबार, २३ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा कर्जाको माग अत्यधिक बढ्दा तरलतामा चाप परेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाकाबारे जानकारी दिँदै गभर्नर अहिलेसम्म बैंकहरुबाट ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तर निक्षेप ६४ अर्ब मात्रै भएकाले वित्तीय प्रणालीमा तरलतामा चाप परेको बताएका हुन्  । 

गर्भनर अधिकारीले अहिले पनि वित्तीय प्रणालीमा कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर रहेको बताए ।  पछिल्लो समय  ५० प्रतिशत कर्जा आयातमा मात्रै बाहिर जाँदा तरलता थप अभाव भएको बताए ।  चालु आर्थिक वर्षको चार महिनामा मात्रै राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि मात्रै २३ खर्ब ८६ अर्ब रुपैयाँ रिपोमार्फत् बैंकिङ प्रणाली पठाएको बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले आयात रोक्न नसक्ने तर निरुत्साहित गर्ने नीति बनाउने बताए । उनले आयातलाई निरुत्साहित गर्र्ने विषयमा अर्थमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर संघसँग छलफल भइरहेको बताए । गभर्नर अधिकारीले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताए ।  त्यस्तै, मंसिर महिना पछि बैंकहरुको वेस रेट ब्याजदर बृद्धि हुनसक्ने बताए । 

गभर्नर अधिकारीले शेयर बजारमा बुझेर मात्रै लगानी गर्नु पर्ने पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप