शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल ल्याइयो

बिहीबार, २३ मङ्सिर २०७८, १८ : २१
बिहीबार, २३ मङ्सिर २०७८

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्मती राखिने चलनानुसार दिउँसो तःबहाल लगिएको हो । 

यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याइएको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । उनले भने, “बिहानको साइतअनुसार साङ्केतिक रुपमा भगवान्लाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइएको छ ।”

मच्छिन्द्रनाथलाई पाटन ल्याउन आफूहरुले चार दिनअघिदेखि एक छाक चोखो खाना खानाका साथै आवश्यक नियम पालन गरेर बसिरहेको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बतााए ।

दिउँसो गुठी संस्थानका कर्मचारी बुङ्मती आएर पूजापाठ गर्ने र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो । 

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप