१५ लाख मोडर्ना खोप काठमाडौं आइपुग्यो, नेपालसँग अझै ६५ लाख मात्रा खोप स्टक
बिहीबार, २३ मङ्सिर २०७८, १८ : १३
नेपालमा कोरोनाविरुद्धको १५ लाख मात्रा मोडर्ना खोप आइपुगेको छ । बिहीबार दिउँसो ३ बजे कोभ्याक्स सुविधामार्फत १४ लाख ९७ हजार ६ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।
यस्तै थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप गाभी र कोभ्याक्स सुविधामार्फत आउँदो आइतबार आउने उनले बताए । यसअघि पनि एक लाख ८८ हजार मात्रा मोडर्ना खोप आइसकेको उनको भनाइ छ । यस्तै, हिजो कोभ्यास सुविधामार्फत नै कोभिशिल्ड खोप ६ लाख मात्रा आइपुगेको उनको भनाइ छ । नेपालमा हालसम्म दुई करोड ९४ लाख ५६ हजार ५ सय मात्रा खोप आइपुगेको छ । यस्तै केन्द्र र प्रदेश गरी देशभर ६५ लाख मात्रा कोभिशिल्ड, भेरोसेल र मोडर्ना खोप स्टक रहेको समेत थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण